दार्चुलाको नौगाड-३ मा चितुवा आतंक

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न ठाउँमा चितुवाले आतंक मच्चाएको छ।

वडा नम्बर ३ जामिरको माथिल्लो क्षेत्र सिमलधार सामुदायिक वन र आसपासका क्षेत्रमा केही दिन यता चितुवाले आंतक मच्चाएको स्थानीय नरेन्द्र ठगुन्नाले बताउनुभयो ।

पछिल्लो एक हप्तामा चितुवाले स्थानीयका ७ वटा बाख्रा र ४ वटा घरपालुवा कुकुर मारेको वडा नम्बर ३ का वडा अध्यक्ष राइ सिंह ठगुन्नाले बताउनुभयो ।

पछिल्लो एक हप्तामा चितुवाले स्थानीय हरिराम ठगुन्नाका ३ वटा, चित्र बहादुर ठगुन्नाका २ वटा, सुरेन्द्र ठगुन्ना र गजेन्द्र ठगुन्नाको १-१ बाख्रा तथा सोही अवधिमा चितुवाले ४ वटा घरपालुवा कुकुर समेत मारेको वडा अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

उक्त क्षेत्रमा केही दिन यता चितुवाले बाख्रा र घरपालुवा कुकुरलाई निरन्तर आक्रमण गरिरहेको उहाँले बताउनुभयो । चितुवाले मानव बस्तीमै आएर निरन्तर जनावरमाथि आक्रमण गर्न थाले पछि स्थानीय त्रसित भएको उहाँले बताउनुभयो ।

चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै चितुवालाई नियन्त्रणमा लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?