टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै

दार्चुला । नेपाली महिला क्रिकेट टोलीले आज महिला टी(२० विश्वकप २०२६ को छनोट स्वरुप हुने एशिया छनोटको प्रतियोगिता खेल्दैछ ।

थाइल्यान्डमा हुने एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ ।

छनोटको पहिलो खेलमा नेपालले आज थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान पौने ९ बजे हङकङसँग खेल्दैछ ।

टी(२० प्रतियोगिताको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई दुई खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?