योजना तर्जुमा तथा बजेट निर्माण सम्बन्धि तीन दिने क्षमता विकास तालिम सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि योजना तर्जुमा तथा बजेट निर्माण सम्बन्धि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (पुन्ना) डोटीको आयोजना तथा सुदूरपश्चिम विश्वविद्यालयको सहजिकरणमा दुबै स्थानीय तहका शाखागत कर्मचारी, वडा अध्यक्षहरुलाई बैशाख २५,२६ र २७ गते तीन दिन तथा स्थानीय तह प्रमुख, उप–प्रमुख,प्रशासकीय अधिकृतहरु एंव प्रतिनिधिहरुलाई बैशाख २७ गते प्रशिक्षण गराइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।

बैशाख २५ गतेबाट महाकाली नगरपालिकाको सभाहलमा आयोजना गरिएको क्षमता विकास तालिम शनिवार (हिजो) सम्पन्न भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा दुबै स्थानीय तहका प्रमुख एंव प्रतिनिधिहरु, प्रशासकीय अधिकृतहरु, शाखागत कर्मचारी, वडा अध्यक्षहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा योजना तर्जुमा तथा बजेट निर्माणका बिषय र क्षेत्रका बारेमा छलफल गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (पुन्ना) र सुदूरपश्चिम विश्वविद्यालयका प्रशिक्षकहरुले प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?