दार्चुला । दार्चुलाको बलाँच शवस्टेशनमा विगत एक महिनाबाट विद्युत ट्रान्सर्फमर नबन्दा दार्चुला र बैतडीका अधिकांश स्थानमा विद्युतको समस्या भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित बलाँच शवस्टेशनको विद्युत ट्रान्सर्फमरमा बैशाख पहिलो साता चट्याङले क्षती पुर्याएपछि हाल मार्मा शवस्टेशनबाट बैकल्पिक रुपमा विद्युत जडान गरिएको छ । बलाच शवस्टेशनमा रहेको तीन सय केभी क्षमताको विद्युत ट्रान्सर्फमरमा चट्याङले क्षती पुर्याएपछि मार्माबाट वैकल्पिक लाईन जडान गरिएको चमेलिया जलविद्युत कार्यालयका प्रमुख रवि किशोर दत्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मार्मा शवस्टेशनबाट वैकल्पिक लाईन जडान गरिएको छ । बलाँच शवस्टेशनको विद्युत ट्रान्सर्फमर मर्मतपछि केहि दिन पहिला बलाँच पुर्याएको भएपनी फल्ट देखाए पछी पुनः धनगढी पठाइएको र मर्मतपछि भोली दार्चुला ल्याएर जडान गरिने उहाँले बताउनुभयो । हाल मार्माबाट बैकल्पिक विद्युत लाईन जडान गरिएको भएपनि बेला बेला बत्ती जाने समस्या रहेको छ । दिनमा लामो समय धेरै पल्ट विद्युत जादा समस्या भएको उपभोक्ताहरूको गुनासो छ ।
शनिवार (आज) विहानैबाट दार्चुलाको लेकम र शैल्यशिखर, बैतडीको डिलासैनी र पुर्चौडी लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको छ । विद्युत अवरुद्ध हुदाँ दैनिक बत्ति बाल्न, खाना पकाउन, मोबाइल चार्ज गर्न, रातिको समयमा पढाइ गर्न लगायत दैनिक गतिविधि सञ्चालन गर्न समस्या भएको स्थानीयको गुनासो छ ।
आज मार्मामा लाईन मर्मत गर्दा विद्युत सेवा प्रभावित भएको र केहि समयपछि विद्युत सूचारु हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।





प्रतिक्रिया