दार्चुलाको नकतडमा गुडिरहेको कारमा आगलागी

दार्चुला । दार्चुलामा गुडिरहेको कारमा आगलागी भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित इलाका प्रहरी कार्यालय गोकुलेश्वरको चेक पोष्ट नकतड भन्दा १० मिटर माथि (सतभोगे) मा गुडिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश ०३.२३ च ७५६८ नम्बरको कारमा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

बैतडीको पाटनबाट जन्ती लिएर दार्चुला आउदै गरेको जिल्ला सदरमुकाम खंलगास्थित मंजरी होटेलको उक्त कारमा आगलागी भएको बताइएको छ । उक्त कारमा चालक सहित ६ जना सवार रहेको बताइएको छ ।

कारमा आगलागी भएपछि ढोकाबाट हाम फालेर यात्रुहरुले ज्यान जोगाएका छन् । कार पुर्ण रुपमा जलेको र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको सहयोगमा कारमा लागेको आगो  नियन्त्रणमा ल्याइ गाडीपनी बचाउन सक्दो प्रयास गरेको तर  ट्याकीमै आगो लागेपछि गाडी बचाउन नसकिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी हवल्दार नारायण जैशीले जानकारी दिनुभयो ।

कारमा सवार सबैलाई अर्को गाडीको व्यवस्था गरी खंलगा पठाइएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?