हावाहुरीसहित असिना पानी र चट्याङले दार्चुलाका विभिन्न ठाउँमा क्षति, विद्युत अबरुद्ध

दार्चुला । सोमबार आएको तिब्र हावाहुरी र असिना पानीले दार्चुलाका विभिन्न ठाउँमा क्षति भएको छ। सोमबार अपरान्ह आएको हावाहुरी संगैको  असिना पानी र चट्याङले जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तिब्र हावाहुरी, बर्षा र असिनाका कारण जिल्ला भरिकै विद्युत अबरुद्ध भएको छ, भने सरकारी तथा निजि घरहरु, फलफुल र तरकारी खेतीमा क्षति भएको छ।

सोमबार साँझ देखि सदरमुकाम खलगांसहित जिल्ला भरिकै विद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको विद्युत वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी पुष्कर बमले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका ५ ठुलसैनीमा ११ केभिए लाईनमा रुख ढल्दा हिजो साँझ देखि नै विद्युत अबरुद्ध भएको उहाँले बताउनुभयो । अबरुद्ध विद्युत सेवा सञ्चालनको लागि मंगलबार विहानै देखि विद्युत सुचारु गर्ने प्रयास भइरहेको दार्चुला वितरण केन्द्रले जनाएको छ।लेकमको रातामाटामा पनि विद्युत पोल ढलेको रातामाटा प्रहरीले जनाएको छ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिलमा स्थानीय पदम सिंह धामीको घरमा चट्याङ लाग्दा उहाँका १८ बर्षीय छोरा जनक धामी घाइते भएका छन् । त्यस्तै सोही ठाउँका धरम सिंह धामीका ६ बर्षीय छोरा दिव्यान्स धामी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घाइते दुबै जनालाई जिल्ला अस्पताल दार्चुलामा उपचार पछि घर पठाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक छत्रबहादुर रावतले बताउनुभयो। चट्याङकै कारण धामीको गोठमा रहेका १ गाई र १ खसी मरेको प्रहरीले जनाएको छ।

हावाहुरीको कारण लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको गल्लाकेदार मावि खरकडाको विद्यालय भवन र लेकम गाउँपालिका भवनको छतमा रहेको सोलार प्यानलहरु उडाएको प्रहरीले जनाएको छ।

त्यस्तै लेकम गाउँपालिका वडा नम्बर ३ लाली मकन्नाका स्थानीय बासुदेव जोशीको २ काठे घरको जस्तापाताले छाएको छाना उढाएको स्थानीय पुष्प राज जोशीले जानकारी दिनुभयो ।

त्यस्तै हावाहुरी संगैको असिनाले ओखर लगायतका फलफुल र तरकारी खेतीमा समेत क्षती पुगेको स्थानीयहरुले बताएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका विभिन्न ठाउँहरुमा अत्याधिक असिना परेको स्थानीयहरुले बताएका छन्। असिना र हावाहुरीले तरकारी र ओखर लगायतका फलफुल सखाप पारेको शैल्यशिखर नगरपालिका ६ का स्थानीय धौल सिंह धामीले बताउनुभयो ।

त्यस्तै असिनाले तरकारी खेती, ओखर, मौषमी र सुन्तलाको सखाप पारेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीय अनिल सिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?