दार्चुलाको अपि बेसक्याम्पमा जेठ १६ गते योग ध्यान शिविर सञ्चालन हुने

दार्चुला । दार्चुलाको  अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन हुने भएको छ ।

अपिहिमाल गाउँपालिकाको आयोजनामा जेठ १६ गते हिमालको काखमा पहिलोपटक योग शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । हिमालको काखमा योग र ध्यानको संगम गराउने उद्देश्यले शिविरको आयोजना गरिएको र शिविरले पर्यटन प्रवद्र्धनसँगै उक्त क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

योग शिविरमा योग गुरु सिमोन न्यौपानेले शिविरमा सहभागीहरुलाई योगाभ्यास गराउने बताइएको छ । शिविरका अवसरमा “स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि” विषयमा विशेष सत्र पनि सञ्चालन गरिनेछ, जसमा नेपाल सरकारका सह–सचिव राजन पौडेल, योग प्रशिक्षक सिमोन न्यौपाने र अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले संयुक्त रूपमा सहजीकरण गर्नेछन्।

शिविरमा स्थानीय, जनप्रतिनिधि, पर्यटक तथा इच्छुकहरुलाई शिविरमा आमन्त्रण गरिएको छ । त्यस्तै जेठ १२ र १३ गते अपिहिमाल गाउँपालिकामा विविद् चेतनामूलक कार्यक्रमहरुमार्फत योग, ध्यान र स्वस्थ जीवनशैलीबारे जागरण कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष बोहराले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?