दार्चुलाको महाकाली–३ झुस्कुमा ४० वर्षीय पुरुष मृत फेला

दार्चुला । दार्चुलामा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ बुढीचौराका ४० वर्षीय धनपाल डोबाल महाकाली नगरपालिका वडा नम्बर ३ का झुस्कुका गंगादत्त बडूको घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

डोबाल हिजो झुस्कुका बडूको घरमा गएको र आज बिहान सुतेकै अवस्थामा मृत भेट्टिएको उहाँले बताउनुभयो । प्रहरीले मृतक डोबालको शव जिल्ला अस्पतालमा ल्याएर पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?