दार्चुलामा बाढी पहिरोजन्य विपद्‍मा परि पछिल्लो ३ वर्षमा १८ जनाको मृत्यु, ८ बेपत्ता

दार्चुला । दार्चुलामा बाढी तथा पहिरोजन्य विपदमा परि पछिल्लो ३ बर्षमा १८ जनाको ज्यान गएको छ ।

आर्थिक बर्ष २०७९।८० देखि चालु आर्थिक वर्षको हाल सम्म जिल्लाका ९ वटै स्थानीय तहमा बाढी पहिरो तथा हिमपहिरोमा परि १८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बाढीपहिरोमा परि अन्य ८ जना बेपत्ता भएका छन्, भने १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७९।८० मा जिल्लाका ९ वटै स्थानीय तहमा बाढी तथा पहिरोमा परि १० जनाकोे मृत्यु भएको छ, भने ११ जना घाइते र ८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त वर्ष जिल्लाको महाकाली नगरपालिकामा बाढीमा परि २ जनाको मृत्यु, ३ जना घाइते र ८ जना बेपत्ता तथा पहिरोमा परि ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ। सोहि वर्ष शैल्यशिखर नगरपालिकामा पहिरोमा परि १ जना घाइते भएका छन् ।

नौगाड गाउँपालिकामा पहिरोमा परि ४ जनाको मृत्यु र ५ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ। व्याँस गाउँपालिकामा पहिरोमा परि १ जनाको मृत्यु र १ जना घाइते भएका छन् भने हिमपहिरोमा परि ५ जनाको मृत्यु भएको र दुहुँ गाउँपालिकामा पहिरोमा परि १ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ। आर्थिक बर्ष २०७९।८० मा जिल्लाका ९ वटै स्थानीय तहमा बाढीमा परि २ जनाको मृत्यु, ३ जना घाइते र ८ जना बेपत्ता भएका छन । पहिरोमा परि ८ जनाको मृत्यु र ८ जना घाइते तथा हिमपहिरोमा परि ५ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०।८१ मा जिल्लाका ९ वटै स्थानीय तहमा बाढी तथा पहिरोमा परि २ जना घाईते भएको प्रहरीको तथ्याङ्क रहेको छ।

सो वर्ष जिल्लाको मार्मा गाउँपालिकामा बाढीमा परि २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष २०८१।८२ को हाल सम्म जिल्ला भरि बाढी पहिरोमा परि १ जनाको मृत्यु र ४ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ। चालु आर्थिक बर्षको हाल सम्म जिल्लाको मालिकार्जुन गाउँपालिकामा पहिरोमा परि २ जना, अपिहिमाल गाउँपालिकामा १ जना र दुहुँ गाउँपालिकामा १ जना घाइते भएका छन, भने पहिरोमै परि व्याँस गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै औसतभन्दा बढी हुने जनाएको हो । जेठ १८ गतेदेखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ । यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिम क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने मौषम विज्ञान विभागले जनाएको छ ।

प्रि–मनसुन सिजनमै औसतभन्दा बढी वर्षा भई माटोको चिस्यान बढेकाले मनसुनको शुरुआतमा हुने वर्षाले पनि क्षति पु¥याउन सक्ने पनि विभागले जनाएको छ। वर्षा राम्रो हुँदा बालीनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने भएकाले सावधानी अपाउनुपर्ने राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?