दार्चुला । दार्चुलामा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
बुधबार (आज) बिहान ७ बजेतिर नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो ।
बाटोमा जाँदै गरेको अवस्थामा नौगाड ६ को रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
जोशी सँगै रहेका नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएको प्रहरी निरीक्षक रावतले बताउनुभयो । घाइते धामीको गोकुलेश्वर अस्पताल उपचार भइरहेको बताउनुभयो ।





प्रतिक्रिया