अपि बेसक्याम्पमा पहिलो पटक योग ध्यान शिविर  तथा काव्य गोष्ठी सञ्चालन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको अपि बेसक्याम्पमा पहिलो पटक सञ्चालन भएको एक दिने योगध्यान शिविर तथा काव्य गोष्ठी सम्पन्न भएको छ ।

अपिहिमाल गाउँपालिकामा पर्ने ४ हजार मिटरको उचाइमा अवस्थित अपिहिमाल बेसक्याम्पमा पहिलोपटक शुक्रबार (आज) योग ध्यान शिविर तथा काव्य गोष्ठी सञ्चालन भएको हो । पर्यटन प्रर्वधन गर्दै अपि क्षेत्रलाई आध्यात्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउने उद्देश्यसहित अपिहिमाल गाउँपालिकाले सञ्चालन गरेको एक दिने योग ध्यान शिविर तथा काव्य गोष्ठीको सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी बिरेन्द्र साउदले जानकारी दिनुभयो ।

शिविरअघि, गाउँपालिका परिसरमै जेठ १२ र १३ गते योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्वबारे विविध जागरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

योग ध्यान शिविरमा मुख्य प्रशिक्षक सिमोन न्यौपाने लगायत १२ जनाको टोली बेसक्याम्पमा पुगेको थियो । शिविरका क्रममा ‘स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि’ विषयमा विशेष कार्यक्रमको पनि आयोजना भएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई नेपाल सरकारका सह–सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र गाउँपालिका अध्यक्ष बोहराले संयुक्त रूपमा सञ्चालन गरेको सूचना अधिकारी साउदले बताउनुभयो । शिविरमा प्रमुख योग प्रशिक्षक न्यौपानेको टोली संगै पतञ्जली योग समिति दार्चुला, गाउँपालिकाको टिम लगायत स्थानीयहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

शिविर र काव्य गोष्ठी सञ्चालन पछि आज टोली उतै बस्ने र भोली विहान मात्रै फर्किने तयारी रहेको सूचना अधिकारी साउदले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?