दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगर, बगौरामा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ। शुक्रबार राती ८ बजेको समयमा घर भित्र पसेको जङ्गली भालुको आक्रमणबाट एक महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
भालुको आक्रमणबाट स्थानीय ५८ वर्षीया कलावती रावल घाइते भएको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज मोहन साउदले जानकारी दिनुभयो ।
अहिले पनि भालु स्थानीय स्थानीय राम दत्त जोशीको घर भित्रै रहेको र उद्धारको लागि मालिकार्जुन प्रहरी चौकी र इलाका प्रहरी कार्याय गोकुलेश्वबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया