दार्चुलासहित देशभर भोलीबाट अनिश्चितकालिन यातायात बन्द हुने

दार्चुला । दार्चुलासहित देशभर भोलीबाट अनिश्चितकालिन यातायात बन्द हुने भएको छ।

गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले दार्चुला सहित देशभर सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेको नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।

दार्चुलाबाट लामो दुरीको लागि छुटने कालो नम्बर प्लेट भएका सम्पुण सवारी साधनहरु भोलीबाट अनिश्चितकालका लागि बन्द हुने महाकाली यातायात काउन्टर दार्चुलाका प्रमुख बिरेन्द्र बहादुर  कुवँरले जानकारी दिनुभयो । दार्चुलाबाट काठमाडौँ चल्ने सवारीहरु आजैबाट तथा तराइका जिल्लाहरुमा चल्ने सवारीहरु भोली विहान ६ बजेबाट बन्द हुने उहाँले बताउनुभयो ।

यसअघि नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा सुदूरपश्चिममा रहेका विभिन्न यातायात समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूहरुका माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका थिए। सरकारी तथा निजी यातायात भने सञ्चालन हुन दिने समितीले जनाएको छ। यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ।

यातायात समितिहरुको निर्णयमा ऐकेबद्धता जनाउदै दार्चुलामा पनी लामो दुरी (दार्चुला देखि काठमाडौँ) चल्ने सवारी साधनहरु आजबाट तथा अतरिया महेन्द्रनगर धनगढी सम्म चल्ने यातायातका साधनहरु भोली बिहान ६ बजेबाट बन्द रहने दार्चुला काउन्टरका प्रमुख कुवँरले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?