दार्चुला । सार्वजनिक सवारी साधन ठप्प हुँदा दार्चुलाबाट लामो दुरीको यात्रा गर्ने यात्रुहरुलाई सास्ती भएको छ ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनहरु ठप्प पारेका हुन् ।
सार्वजनिक गाडी कम चल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ ।आज दार्चुलाबाट लामोे दुरीको लागि चल्ने कुनै पनि सवारी साधन सञ्चालनमा नहुदा लामो दुरीको यात्रामा निस्किन समस्या भएको मालिकार्जुनको स्थानीय रोशन धामीले बताउनुभयो ।
आज जिल्लाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनहरु ठप्प रहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ लगायतले संयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति गठन गरेर आन्दोलनमा उत्रेका छन् । यातायात व्यवसायीहरुको केन्द्रीय कार्यक्रम अनुसार नै जिल्लामा पनि सार्वजनिक सवारी साधन बन्द रहेको महाकाली यातायात काउन्टर दार्चुलाका प्रमुख बिरेन्द्र बहादुर कुवँरले जानकारी दिनुभयो ।
सोमबार बिहान यातायात व्यवसायीहरू गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकानारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरूसँग वार्तामा बसेका थिए। सरकारले व्यवसायीहरूको समस्या समाधान गर्नका लागि पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सहसचिव इन्जिनियर कृष्णराज पन्थको नेतृत्वमा १० सदस्य वार्ता समिति गठन गरेको छ । यातायात व्यवसायीहरूसँग सहमति गर्ने गरी वार्ता तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर कृष्णराज पन्थले बताउनुभयो ।
उहाँका अनुसार भोलीबाट सार्वजनिक सवारी हरु सञ्चालनमा ल्याउने गरी सरकारले बार्ता गरिरहेको बताइएको छ ।





प्रतिक्रिया