सामाजिक विकास कार्यालय दार्चुलाद्वारा चालु आवमा ५ वटा विद्यालय भवन निर्माण हुँदै

दार्चुला । सामाजिक विकास कार्यालय दार्चुलाद्धारा जिल्लाका विभिन्न ५ वटा विद्यालयमा निर्माणधिन भवनहरुको निर्माणकार्य अन्तिम चरणमा आइपुगेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा भैतिक पूर्वाधारतर्फ जिल्लाका विभिन्न ५ वटा विद्यालयहरुमा भवन निर्माण गरिरहेको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४० लाख बजेटमा जिल्ला सदरमुकाम खंलागा स्थित महेन्द्र माध्यमिक विद्यालयमा अनाथ तथा असहायहरुको लागि छात्रवास, शैल्यशिखरको लटिनाथ आधारभूत विद्यालय बस्कोट, नौगाडको भवानी आधारभूत विद्यालय, महाकालीको छापरी आधारभूत विद्यालय छापरी र अपिहिमाल गाउँपालिकाको महादेव आधारभूत विद्यालय काटैँ तथा भवानी माध्यमिक विद्यालय सौगान्नामा २५ लाख बजेटमा विद्यालय भवनहरु निर्माण गरिरहेको छ ।

सबै भवनहरु ठेक्का प्रक्रियाद्धारा निर्माण भइरहेको र भवनहरुको ८५ प्रतिशत निर्माणकार्य पुरा भएको उहाँले बताउनुभयो । निर्माणधिन भवनहरु असार मसान्तसम्म सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?