दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली (ओखल) मा रहेको हेल्लो नमस्ते नेपाल र भाइनेटको टावरमा तोडफोड गरी समान चोरी भएको छ ।
१५ वर्ष अगाडी निर्माण गरिएका उक्त टावरहरुमा जेठ १५ गते राती तोडफोड गरी ५ वटा सौर्य सिस्टम (प्लेट) र भाइनेटका ५ वटा ब्याट्रीहरु चोरी भएको स्थानीय रमेश जोशीले जानकारी दिनुभयो । टावरमा चोरी भएको सामानको आज स्थलगत रिर्पोटिङ पछि मुचुल्का तयार गरी प्रहरीले चोरी गर्नेको खोजी प्रकिया सुरु गर्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताउनुभयो ।
उक्त घटनाबारे प्रहरीलाई पनी आज मात्रै स्थानीयहरुले जानकारी गराएको र आजै स्थलगत रिर्पोटिङका लागि प्रहरी खटिने उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया