दार्चुलामा मसुनजन्य विपद्को तयारी तिव्र, स्थानीय तहहरुमा उद्धार साम्रगी पठाइयो

दार्चुला । मनसुन भित्रिएसगै दार्चुलामा विपद् व्यवस्थापनको तयारी तिव्र पारिएको छ ।

भौगोलिक हिसावले विपद्को जोखिम रहेको दार्चुलामा विपद् व्यवस्थापन समिति गठन गरेर पूर्वतयारी भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । जेठ २३ गते जिल्लाका नौँ वटै स्थानीय तहका विपद् फोकल पर्सनहरुसंग भर्चुअल माध्यमबाट विपद् पूर्वतयारीको विषयमा छलफल गरि डाटा संकलनका साथै तत्काल आवश्यक पर्ने उद्धारका साम्रगीहरु स्थानीय तहहरुमा पठाइएको  उहाँले बताउनुभयो ।

बैठकबाट विपद्को जोखिममा रहेका पालिकाहरु छनोट,पूर्वतयारी, तत्काल आवश्यक पर्ने साम्रगीहरुको व्यवस्थापन लगायतका विषयहरुमा छलफल गरिनुका साथै सुरक्षाकर्मी र स्वयम्सेवकहरुलाई तयारी अवस्थामा बस्न अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी,स्वयमसेवकहरुलाई,विपद् खोज उद्धार र पूर्वतयारीको लागी तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

जल तथा मौसम विभागले गत वर्षको तुलनामा यस वर्षको बर्खायाममा बढी वर्षा हुने पूर्वाअनुमान गरेकाले जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाले नौँ वटै स्थानीय तहका नागरिकहरुमा विपद् न्युनिकरण तथा रोकथामको लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । दार्चुलामा बर्खामासमा विषेश गरी बाढी पहिरो, सवारी दुर्घटना र भूक्षयको प्रकोप बढी हुने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहिरोको जोखिम रहेका क्षेत्रहरुमा तारजाली तथा अन्य तत्काल आवश्यक पर्ने साम्रगीहरु हस्तान्तरण स्थानीय तहहरुलाई पठाउने तयारी गरेको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभएको छ ।बैठकबाट प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको सयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति गठन गरेको छ ।

यसैबिच दार्चुलाको महाकाली नगरपालिकाले नगर क्षेत्रभित्र कुनै पनि विपद् जन्य घट्नाहरुको पूर्वतयारी स्वरुप समुदाय विपद् स्वंयमसेवक तालिम सञ्चालन गरिएको छ ।

नगरपालिकाको आयोजना र सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाको सहजीकरणमा जेठ ११ गतेबाट २१ दिने तालिम सञ्चालन गरिएको नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र कुनै पनि विपद् जन्य घट्ना भएमा सुरक्षा निकाय पुग्नु पुर्व उद्धारको लागि नगरपालिकाको प्रतेक वडाका दुई-दुई जनालाई समावेश गरेर विपद् स्वंयमसेवक तालिम सञ्चालन भईरहेको नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । तालिममा सहभागीहरुलाई कुनै पनि विपद्मा परेकालाई तत्काल कसरी उद्धार गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीको सहयोगमा प्रशिक्षण भइरहेको उहाँले बताउनुभयो ।

२१ दिन सम्म सञ्चालन हुने तालिममा प्रतेक वडाबाट २-२ जना, नगर प्रहरी र विपद् व्यवस्थापन शाखामा कार्यरत कर्मचारी गरि २४ जनाको सहभागिता रहेको छ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?