८० वर्षीय गगनसिंह बोहराको निधन, छोराबुहारी लेकतिर हुदाँ अन्तेष्टि गर्न समस्या

दार्चुला । सोमवार (आज) विहान निधन भएका दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ मालगाउँका ८० वर्षीय गगनसिंह बोहरा मुर्रयालको अन्तेष्टि गर्न समस्या भएको छ ।

मृतक बोहराका छोरा,बुहारीहरु यार्चागुम्बा संकलनका लागि विगत १ महिनादेखि ब्याँस गाउँपालिकाका वडा नम्बर २ को दुधिवन लेकतिर गएको हुदाँ अन्तेष्टि गर्न समस्या भएको स्थानीय लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा फोन सम्पक समेत नहुदा छोरा,बुहारीहरुलाई खबर गर्न नसकिएको उहाँले बताउनुभयो । शवलाई अहिले स्थानीयहरुले कुरिरहेका छन् । मृतक बोहराको घरमा बृद्ध श्रीमतीमात्रै रहेको बताइएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ मुर्रै पुर्खौली घर भएका बोहरा परिवार विगत केहि वर्षयता ब्याँस गाउँपालिकाको मालगाउँ बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?