सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

दार्चुला । सुदूरपश्चिमसहित केहि प्रदेशमा मनसुन सक्रिय भएको छ । देशका दिउँसोबाटै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजपनी देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो १२ घण्टाको अवधिमा दाङको पदमपुरमा ५२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पछिल्लो १२ घण्टामा गण्डकी प्रदेशको धेरैजसो पहाडी क्षेत्र र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेको छ । यस्तै काठमाण्डौ उपत्यका तथा आसपास र पूर्वी पहाडका सोलुखुम्बु, खोटाङलगायत केही ठाउँमा पनि पानी परेको छ ।

यसैबीच देशभर आंशिक तथा सामान्य बदली रही पहाडी तथा हिमाली भागका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बिहानी बुलेटिनमा उल्लेख गरेको छ ।

कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेकोमा अर्को सामान्य प्रणालीका कारण केही ठाउँमा पानी परेको हो ।

बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले भोलिदेखि मनसुन सक्रिय हुन थालेर पर्सि शुक्रवारदेखि पानी पर्न थाल्ने र आइतवारदेखि वर्षाको सम्भावना धेरै रहेको मौसमविद्ले बताएका छन् । आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँ गर्न मिल्नेगरी वर्षा हुने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?