दार्चुलाको लेकम गाउँपालिकामा ५ दिने नमकिन उत्पादन तालिम सुरु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा अपाङ्ग क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत ५ दिने नमकिन उत्पादन तालिम सुरु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको आत्मानिर्भरता बनाउने उद्धेश्यले महिला तथा बालवालिका शाखाको आयोजनामा ५ दिने तालिम सञ्चालन गरिएको लेकम गाउँपालिकाका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शेखर चन्द्र ओझाले जानकारी दिनुभयो । शाखाको २ लाख ५० हजार बजेट रहेको उक्त कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाबाट ४–४ जनाको सहभागिता रहेको छ ।

अपाङ्गता भएका नागरिकको जिवनस्तर उकास्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शेखर चन्द्र ओझाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?