अछाममा बालविवाह गरेका किशोर-किशोरी प्रहरी नियन्त्रणमा

दार्चुला । अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए। विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो।

प्रहरीले बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ। उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?