दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा ‘समुदाय विपद् स्वंयमसेवक’ तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजना र सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाको सहजीकरणमा जेठ ११ गतेबाट सञ्चालन भएको ‘समुदाय विपद् स्वंयमसेवक’ तालिम आज सम्पन्न भएको नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
तालिममा प्रतेक वडाबाट २–२ जना, नगर प्रहरी र विपद् व्यवस्थापन शाखामा कार्यरत कर्मचारी गरि २५ जनाको सहभागिता रहेको थियो । १८ दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरुलाई विपद् पूर्वतयारी सम्बन्धि अभिमुखिकरण गराइएको थियो । तालिमममा सहभागीहरुलाई सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक दिपकराज बडू सहित ६ जना प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।
१८ दिनसम्म सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इशवरी ठगुन्नाको अध्यक्षता रहेको समापन शत्रमा महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, श्रीदल गुल्मका गुल्मपति, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, नगर प्रवक्ता लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया