न्यायाधीशमाथिको दुर्व्यवहारप्रति सुदूरपश्चिम कानून समाजद्धारा खेद प्रकट

दार्चुला। सुदूरपश्चिम कानून समाजले अदालतबाट भएको फैसलालाई लिएर न्यायाधीशमाथि दुर्व्यवहार गर्नेहरूमाथि कानूनी कार्वाही गर्न माग गरेको छ।

बिहीबार उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारूमाथि अदालतभित्रै कालोमोसो दलेर दुर्व्यवहार गरिएको घटनाप्रति आपत्ति जनाउँदै समाजले विज्ञप्ति जारी गरेको हो।

न्यायाधीश थारूको इजलासले नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने फैसला गरेको विषयलाई लिएर असन्तुष्ट समूहले इजलासमै पसेर कालोमोसो दलेका थिए। उक्त फैसला गत जेठ १४ गते सुनाइएको थियो।

‘जिल्ला अदालतको फैसलाको न्यायिक परीक्षण उच्च अदालतबाट हुन सक्ने र उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गरी सम्मानित सर्वोच्च अदालतबाट इन्साफ पाउने व्यवस्था हुँदाहुँदै, एक तहको अदालतको निर्णयलाई आधार मानी न्यायाधीशमाथि गरिएको दुर्व्यवहारप्रति सुदूरपश्चिम कानून समाज गम्भीर खेद प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

समाजले अदालतको आदेश वा फैसलाप्रति असन्तुष्टि जनाउने संवैधानिक र कानूनी बाटो हुँदाहुँदै, त्यसलाई बेवास्ता गरी न्यायाधीशमाथि दुर्व्यवहार हुनु स्वतन्त्र न्यायपालिका र विधिको शासनमाथिको गम्भीर प्रहार भएको ठहर गरेको छ।

‘यसरी कानून हातमा लिई न्यायाधीशमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि कानूनबमोजिम हदैसम्मको कार्वाही गरियोस् र न्यायाधीश, कानून व्यवसायी तथा अदालतका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गरियोस्’ सुदूरपश्चिम कानून समाजले विज्ञप्तिमा भनेको छ।

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारूमाथि इजलासमै मोसो प्रहार गर्ने नेकपा बहुमतका तीनजना कार्यकर्ता पक्राउ परेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?