दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सञ्चालन भएको गाउँपालिकास्तरीय ४ दिने नमुना युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
उपासना मिडिया प्रालीको आयोजना तथा लेकम गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ५ मा बुधबारदेखि सञ्चालन भएको ४ दिने नमुना युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
उपासना मिडिया प्रालिका सञ्चालक तथा लोकदर्पण मिडिया परिवारका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षता रहेको समापन समारोहमा गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा इलाक प्रहरी कार्यालय रिठाचौपाताका (इन्चार्ज) प्रहरी नायव निरीक्षक मोतिसिंह बम, वडा नम्बर ६ का वडा सदस्य चन्चल सिंह खत्री, वडा सचिव दिपक धामी, प्रशिक्षक भरत मल्ल लगायत पत्रकार र स्थानीयहरुको सहभागिता रहेको थियो ।
४ दिन सम्म सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाबाट तीन(तीन जना युवायुवतीको सहभागिता रहेको थियो । समापन कार्यक्रमा तालिममा सहभागिहरुले गाउँसभाको नमुना गाउँसभा बैठकसहित नीति तथा कार्यक्रम र नमुना बजेट प्रस्तुत गरेका थिए । तालिममा सहभागिहरुलाई प्रशिक्षक भरत मल्लले प्रशिक्षण गराउनुभएको थियो ।





प्रतिक्रिया