दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दै छ। संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गनुपर्ने हुन्छ । सोहि अनुसार प्रदेश सरकारले आज सभामा बजेट प्रस्तुत गर्न लागेको हो।
प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया