दाइजो प्रथा अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आह्वान

दार्चुला । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कानुनले निषेध गरेको दाइजो प्रथालाई सामाजिक स्तरमै अन्त्य गर्नु आवश्यक रहेको बताउँदै सम्पूर्ण नेपाली समाजमा दाइजो प्रथा विरुद्ध एकजुट भई आवाज उठाउन गरहेका छन्।

मियाँले ओल्मा काउन्सिल नेपाल, नवलपरासीद्वारा आयोजित तेस्रो जिल्ला अधिवेशन तथा दाइजो प्रथा उन्मूलन शुभारम्भ कार्यक्रममा बोल्दै समाज परिवर्तनको पहल समुदाय स्वयंबाटै हुनुपर्ने प्रमुख प्रमुख मियाँको भनाइ थियो। कार्यक्रमले मुस्लिम समुदायमा व्याप्त सामाजिक कुप्रथा विरुद्धको ऐक्यबद्धता जनाउँदै, दाइजो प्रथा औपचारिक रूपमा अन्त्य गरिएको ऐतिहासिक घोषणा गरिएको छ।

धर्मगुरुहरू तथा कार्यक्रमका वक्ताहरूले इस्लाम र संविधानले दाइजो प्रथालाई अस्वीकार गरेको उल्लेख गर्दै दाइजो लिने वा दिने कार्यमा सहभागी विवाह नगराउने दृढ संकल्प व्यक्त गरेका छन्। कार्यक्रमको अध्यक्षता ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना जहीरले गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?