अछाममा चट्याङ लागेर एक महिला घाइते, ३ बाख्रा मरे

दार्चुला । अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा गएराति चट्याङ लाग्दा तीनवटा बाख्राको मृत्यु भएको छ।

यस्तै एक महिला सामान्य घाइते भएकी छिन्। प्रहरीलाई प्राप्त जानकारी अनुसार राति करिब २ बजेतिर स्थानीय हर्क बहादुर बोगटीको घरमा चट्याङ पर्दा घरको गोठमा बाँधिएका तीनवटा बाख्रा घटनास्थलमै मरेका हुन्। सो चट्याङको असरले बोगटीकी श्रीमती २५ वर्षीया चन्द्रकला बोगटीको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायब निरीक्षक पदम सिंह साउदको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। असिना र चट्याङसहितको खराब मौसमका कारण स्थानीयवासीमा त्रास फैलिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?