दार्चुला । दार्चुलामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध साताव्यापी जनचेतनामूलक अभियान सुरु भएको छ ।
‘लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२’ को अवसरमा दार्चुलामा साताव्यापी अभियानको थालनी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो ।
सप्ताहको पहिलो दिन जिल्ला प्रशासन कार्यालय दार्चुलामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लागू औषध सम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएकाले सबै निकायले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा सहभागीहरुले विद्यालय, सामुदायिक समूह, सञ्चारमाध्यम र सुरक्षा निकायबिच समन्वय गर्दै सचेतना अभिवृद्धिका कार्यक्रम सन्चालन गर्नुपर्ने सुझाव व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षता रहेको कार्यक्रममा , जिल्ला समन्वय अधिकारी गणेश पाल, सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी, महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालय प्रमुख रामचन्द्र ओझा, सशस्त्र प्रहरी बलका (एसपी) देवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष राजेन्द्र सिंह धामी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा जिल्लास्तरीय शाखा प्रमुखहरूको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया