दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रमा सार्वजनिक गरेको छ ।
शुक्रवार (आज) गाउँसभाको १७ औँ अधिवेशनबाट नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अगामी आर्थिक वर्ष २०८२।८३ लाई ‘शिक्षा र स्वास्थ्य क्षेत्र सुधार’ वर्षका रुपमा विकास गरिने बताइएको छ ।
त्यस्तै गाउँपालिकाले स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सुधार गरी महामारीजन्य रोगको नियन्त्रण तथा आधारभूत स्वास्थ्य सेवालाई नागरिकमाझ पुर्याउने, १० सैयाको आधारभूत अस्पतालमा अगामी आर्थिक वर्षको सुरुदेखिनै थप उपकरण र प्रविधि जडान गर्ने उल्लेख गरिएको छ । गरिव तथा विपन्न किसानहरुको लागि “एक घर एक रोजगार कार्यक्रम” सञ्चालन गर्ने, रुडिबाडी परम्परा हटाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, भष्टाचार शुन्य सहनसिलताको लागि “फर्केर हेर” नीति अबलम्बन गर्ने लगायतका विषय नीतिमा समेटिएका छन् ।
त्यस्तै सुनौलो हजार दिनका विपन्न दलित महिलाको लागि “सुत्केरी स्याहार कोषेली” तथा “पोषण कार्यक्रम” सञ्चालन गर्ने, कृषि क्षेत्रको विकासको लागि एक समुह एक फलफूल पकेट कार्यक्रम सञ्चालन गर्ने, व्यवसायिक पशुपालन, एक कृषक परिवार एक कम्पोष्ट मल खाडल कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक कृषि प्राविधिक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयलाई प्राथमिकता दिइएको छ । त्यस्तै शिक्षा क्षेत्रमा तुलनात्मक रुपमा विकास गर्न बालवालिकालाई विद्यालय ल्याउँ टिकाउँ र सिकाउँ अभियान सञ्चालन गर्ने, गरिव, टुहुरा असाहाय,शहिद परिवार र द्धन्द्ध पिडीत परिवारका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने, प्रध्यानाध्यापकहरुलाई थप जिम्मेवारी दिलाउने लगायतका विषय नीति तथा कार्यक्रममा समावेस गरिएका छन् ।
गाउँपालिकाले गर्न बाकी रहेका कामहरुलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।





प्रतिक्रिया