दार्चुला । दार्चुलाको लेकम गाउँसभाको १७औं अधिवेशन उद्घाटन भएको छ । शनिबार (आज) उद्घाटन भएको गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा उद्घाटन भएको गाउँसभामा उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडाअध्यक्षहरू कार्यपालिका र गाउँसभा सदस्य, विषयगत शाखा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला नागरिकको सहभागीता रहेको छ । गाउँसभामा अध्यक्ष रामदत्त जोशीले लेकम गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
अध्यक्ष जोशीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजै छलफल गरिने लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाले बताउनुभयो ।





प्रतिक्रिया