दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा आधारभूत तह शिक्षकहरुको लागि तीन दिने कस्टमाइज्ड तालिम जारी रहेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका भित्रका आधारभुत तहका शिक्षकहरुको लागि शुक्रवार (हिजो) बाट सञ्चालन गरिएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा तालिमका प्रशिक्षक प्रेम बल्लभ जोशीले बताउनुभयो ।
तालिममा सहभागीहरुलाई प्रशिक्षक जोशीले आज विज्ञान विषयको प्रशिक्षण गराएका छन् । तालिममा शैक्षिक गुणस्तर सुधार, शिक्षण सिकाईसंग सम्बन्धित समस्याहरु, शिक्षणको क्रममा भोगेका समस्या लगायतका विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । यसका साथै सहभागीहरुबिच समुहमा छलफल गराई विविध विषयमा प्रस्तुतिकरण गरिएको जोशीले बताउनुभयो ।
तालिममा आधारभूत तहमा शिक्षण सिकाई, उपलब्धी र चुनौतीहरुको विषयमा छलफल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।





प्रतिक्रिया