कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या

दार्चुला । कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या गरिएको खुलाशा भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या गरेको अभियोगमा उनका सहोदर देवर नवीन नाथलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिनभयो ।

प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दका अनुसार “नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन्।’ भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका जनाइएको छ। नाथ शुक्रवार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् भने उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो।

बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लगाउन सकेको थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य भेटिएको थियो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताइएको छ । उहाँका अनुसार जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको सत्य तथ्य पत्ता लागेको बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?