दार्चुलाको दुहुँ गाउँपालिकाद्धारा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतवार (आज) गाउँसभाको १६औँ अधिवेशनबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले जानकारी दिनुभयो ।

दुहुँ गाउँपालिकाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यातायात सेवालाई प्राथमिकतामा राखेको छ । दुहुँको पिपलचौरीबाट जिल्ला सदरमुकाम खंलगासम्म दुइवटा बस सञ्चालन गरिने छ । त्यस्तै गाउँपालिकाको हिकिला र धारी स्वास्थ्य चौकीमा रहेका एम्बुलेन्सहरुलाई व्यवस्थित गर्ने, नागरिकको घर–घर सम्म स्वास्थ्य सेवा उपलब्ध गराउन अध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।

गाउँपालिकाले अगामी आर्थिक वर्षबाट निःशुल्क शिक्षा र दलित छात्रबृति कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ । दुहुँ गाउँपालिकामा निर्माणाधिन १० सैयाको आधारभूत अस्पताल अगामी आर्थिक वर्षभित्र निमार्ण सम्पन्न गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर ४ धारीमा रहेको अनाथालयलाई थप व्यवस्थित गर्ने र गर्न बाकीँ रहेका कामहरु निरन्तर रुपमा सञ्चालन गर्ने नीति सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?