दार्चुलाका विभिन्न क्षेत्रमा मकैबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित

दार्चुला । दार्चुलामा मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा मकै खेतीमा (अमेरिकन) फौजी किराको प्रकोप बढेको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख सिद्दराज उपाध्ययाले जानकारी दिनुभयो । किसानहरुको मुख्य बर्खेबालीका रुपमा रहेको मकैखेतीमा फौजी किराको प्रकोप बढेपछि चिन्ता बढेको नौगाड गाउँपालिका वडा नम्बर ६ का किसान नरेन्द्र ठगुन्नाले बताउनुभयो ।

नौगाडको वडा नम्बर ६ रैचुमा फैजीकिराको प्रकोप बढेको छ । त्यस्तै जिल्लाको लेकम, शैल्यशिखर, मार्मा र मालिकार्जुन गाउँपालिकाका पनी विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप देखिएको खबरहरु प्राप्त भएका छन् । जिल्लाका विभिन्न फाँटहरुमा फौजी किराको प्रकोप बढेको जानकारी कृषि ज्ञानकेन्द्र दार्चुलालाई प्राप्त भएको र केन्द्रले स्थानीय तहहरु तथा किसानहरुसंग समन्वय गरिरहेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । फौजी किरा नियन्त्रणको लागि विभिन्न घरेलु विधि र जैविक विधिहरुको समेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

किराको प्रकोप रहेको क्षेत्रमा प्रयाप्त रुपमा सिचाई गरेर पनी किरा भगाउन सकिने बताइएको छ , त्यस्तै फौजी किराका प्राकृतिक शत्रुहरु फट्याङगाहरुको संरक्षण गरेर पनि फैजी किरालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै घरेलु विधिबाट किरा नियन्त्रण नभए जैविक विधि तथा विषाधिको प्रयोग गर्न किसानहरुलाई सूचित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?