दार्चुला । नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४४ करोड ८४ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि गाउँसभाको १७औँ अधिवेशनमार्फत उपाध्यक्ष जगत सिंह ठगुन्नाले बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमध्ये ३२ करोड ७५ लाख १० हजार रुपैयाँ चालु खर्चका लागि र १२ करोड १९ लाख ७६ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। राजस्व स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड ४१ लाख, सुदूरपश्चिम प्रदेश सरकारबाट ९७ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै केन्द्रबाट राजस्व बाँडफाँटमार्फत १३ लाख २६ हजार, प्रदेश सरकारबाट २५ लाख ७९ हजार, केन्द्रबाट सशर्त अनुदानतर्फ १६ करोड ५३ लाख र प्रदेश सशर्त अनुदानतर्फ ५० लाख रुपैयाँ आउने अनुमान गरिएको छ।
संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाले आन्तरिक आम्दानीबाट ५० लाख र अघिल्लो वर्षको मौज्दात रकमबाट २५ लाख गरी आगामी आर्थिक वर्षको कुल ४४ करोड ८४ लाख ८६ हजार रुपैयाँको बजेट ल्याइएको उपाध्यक्ष ठगुन्नाले बताउनुभयो ।





प्रतिक्रिया