दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाले जिल्लाका उत्कृष्ट तीन जना कृषकलाई नगद सहित सम्मानित गरेको छ ।
सोमवार (आज) जिल्ला सदरमुकाम खलंगामा ३ जना उत्कृष्ट कृषकहरुलाई सम्मानित गरिएको कृषि केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो । कृषकहरुको मनोबल उच्च राख्न जिल्लाभरिका तीन जना किसानलाई सम्मानित गरिएको प्रमुख उपाध्यायलेबताउनुभयो ।
उत्कृष्ट पुरुस्कारबाट सम्मानित हुनेहरुमा शैल्यशिखर नगरपालिकाका मौरीपालक कृषक प्रजापति भट्ट, मालिकार्जुन गाउँपालिकाका तरकारी उत्पादक कृषक अनिल लोहार र महाकाली नगरपालिकाका बंगुर पालक कृषक अम्मरसिह महरा रहेका छन् । उत्कृष्ट कृषकहरुलाई जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), प्रमुख जिल्ला अधिकारी अनिल पौडेल र महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले सम्मानि गरेका हुन् ।
उनीहरुलाई नगद २५ हजार रुपैयाँ, खादा र सम्मान पत्रले सम्मानित गरिएको कार्यालय प्रमुख उपाध्ययाले बताउनुभएको छ ।





प्रतिक्रिया