अपिहिमाल गाउँसभाको २०औं अधिवेशन उद्घाटन, नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँसभाको २०औँ अधिवेशन उद्धघाटन भएको छ ।

सोमवार (आज) उद्धघाटन भएको अधिवेशनबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ । गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षतामा उद्धघाटन भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहरा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र सिंह रावल, वडाअध्यक्षहरू कार्यपालिका र गाउँसभा सदस्य, विषयगत शाखा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला नागरिकको सहभागीता रहेको छ । गाउँसभामा अध्यक्ष बोहराले अपिहिमाल गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

अध्यक्ष बोहराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजै छलफल गरिने र मंगलवार (भोली) अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिने गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहराले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?