दार्चुला । दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२६ को पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२६ को पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खंलगास्थित दार्चुला विकास संगठनको हलमा सम्पन्न भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लामा २०२५ जनवरी देखि जुनसम्म संकलन गरिएका घट्नाहरु तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे समीक्षा गरिएको उहाँले बताउनुभयो । इन्सेकका जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जनवरीदेखि जुनसम्मको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लंघनका घटनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार सो अवधिमा इन्सेकले २२ वटा घरेलु हिंसा, १ बाल अधिकार तथा २ वटा स्वास्थ्य अधिकार उल्लंघन सम्बन्धी घटनाहरू अभिलेख गरेको बताइएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, वातावरणीय अधिकार, सामाजिक सुरक्षा, पुर्नस्थापनाका विषय पनी कार्यपत्रमा समेटिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति देवराज जोशी, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाल, राष्ट्रिय अनुसन्धान अधिकृत गोबिन्द प्रसाद पाण्डेय, जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख बिरेन्द्र प्रसाद भट्, रेडक्रस दार्चुलाका सभापति गोपालसिह महर, पत्रकार महासंघका अध्यक्ष राजेन्द्र सिंह धामी, नागरिक समाज दार्चुलाका संयोजक महेशराज भट्ट, नेपाल बार इकाइका अधिवक्ता हरिशचन्द्र जोशी लगायत महिला अधिकारकर्मी पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसैबीच इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले इन्सकेको समीक्षा कार्यक्रमको खाजा खर्चबाफतको २ हजार ५ रुपैयाँ ब्लड बैंक स्थापनाको लागि सहयोग गनुभएको छ । सोही कार्यक्रममा उक्त रकम ब्लड बैंक स्थापनाको लागि प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई हस्तान्तरण गरिएको बताइएको छ ।





प्रतिक्रिया