अपिहिमाल गाउँपालिकाद्धारा ४० करोड ३ लाखको बजेट सार्वजनिक

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी ४० करोड ३ लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि गाउँसभाको २०औँ अधिवेशनमार्फत उपाध्यक्ष देवकी देवी बोहराले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये संघिय समानिकरण अनुदान ९ करोड ६ लाख रुपैयाँ, प्रदेश समानिकरण अनुदानतर्फ ७२ लाख १८ हजार रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै राजस्व बाडँफाडँ अन्तरगत प्रदेशबाट २२ लाख ९४ हजार रुपैयाँ, आन्तरिक राजस्व संकलन २३ लाख २८ हजार रुपैयाँ रहेको छ ।

संघीय सर्शत अनुदानतर्फ १० करोड ८५ लाख, विशेष अनुदान ३ करोड ६५ लाख रुपैयाँ अनुमान गरिएको छ । संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाको अघिल्लो वर्षको मौज्जाद ६० लाख रुपैयाँ गरी आगामी आर्थिक वर्षको कुल ४० करोड ३ लाख ४० हजारको बजेट सार्वजनिक गरिएको उपाध्यक्ष बोहराले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?