दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
लेकम गाउँपालिकाको १७औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रामदत्त जोशीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष माधवी जोशीले आयव्यय अनुमान तथा बजेट प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार आयव्ययको अनुमान ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँ गरिएको छ । बजेटमा भौतिक, आर्थिक, सामाजिक र सेवा सुधार तथा संस्थागत विकासका सबै क्षेत्रलाई उपलब्ध बजेटमध्ये आवश्यक विनियोजन गरिएको उहाँले बताउनुभयो।
संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाले आन्तरिक आम्दानी, अघिल्लो वर्षको मौज्दात रकमबाट समेत गरी कुल बजेट तयार गरेको र बजेटमाथि छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताउनुभयो ।





प्रतिक्रिया