मालिकार्जुन गाउँपालिकाले ल्यायो ६३ करोड ८ लाखको बजेट

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागी ६३ करोड ८ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँसभाको १४औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले नीति तथा कार्यक्रम प्रस्तुत पछि पारित भएसगै कार्यपालिका सदस्य एंव गाउँपालिका प्रवक्ता मदन बहादुर चन्दले बजेट प्रस्तुत गनुभएको थियो ।

सार्वजनिक बजेट अनुसार पुजिगततर्फ १४ करोड ७५ लाख ७२ हजार र अन्य चालुतर्फ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले जानकारी दिनुभयो । संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाले आन्तरिक आम्दानीबाट गरी कुल ६३ करोड ८ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको अधिकृत ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?