दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागी ३५ करोड ७५ लाख ७१ हजार ८ सय १६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएसगै गाउँसभाको १६औँ अधिवेशनमार्फत कार्यपालिका सदस्य एंव वडा नम्बर ३ का वडा अध्यक्ष देव बहादुर बमले बजेट सार्वजनिक गरेका हुन् ।
प्रस्तुत बजेटमध्ये १३ करोड १५ लाख रुपैयाँ चालु खर्चका लागि र ३८ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। प्रदेश वित्तीय समानीकरण ७८ लाख ३२ हजार प्रदेश सवारी साधन करबाट २५ लाख ६४ हजार रुपैयाँ, प्रदेश समपुरक अनुदान १ करोड २५ लाख रुपैयाँ, सघिय समपुरक अनुदान १ करोड ३९ लाख अनुमान गरिएको छ ।
संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित गाउँपालिकाको अघिल्लो वर्षको मौज्जाद गरी कुल ३५ करोड ७५ लाख ७१ हजार ८ सय १६ रुपैयाँको बजेट सार्वजनिक गरिएको कार्यपालिका सदस्य एंव वडा नम्बर ३ का वडा अध्यक्ष बमले बताउनुभयो ।





प्रतिक्रिया