दार्चुला । दार्चुलासहित सुदूरपश्चिममा आज भारी बर्षाको सम्भावना रहेको छ ।
अहिले सुदूरपश्चिमका जिल्लाहरुमा हल्कादेखि मध्यम बर्षा भइरहको र दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।





प्रतिक्रिया