दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा २ महिने सिलाईकटाइ सीप विकास तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बैशाख ११ गतेदेखी सञ्चालन भएको गारमेन्ट सम्बन्धि सिलाई कटाई तालिम बुधवार (हिजो) सम्पन्न भएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता राधिका धामीले जानकारी दिनुभयो । २ महिने तालिममा गाउँपालिकाभरीका ८ जना महिला र २ जना पुरुष गरी १० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी सबैलाई गाउँपालिकाले एक,एक थान मेसिन र आइरन तथा प्रमाणपत्र वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको समापन शत्रमा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्यान सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्ना स्थानीय शाखागत कर्मचारीहरु लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया