पुर्चौडीको लालीगुराँस आविमा तोडफोड, शैक्षिक साम्रगी नष्ट

दार्चुला । बैतडीको एक विद्यालयमा तोडफोड गरिएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर ६ स्थित लालीगुराँस आधारभूत विद्यालय धारुडीको कक्षा कोठामा तोडफोड गरिएको हो ।

बुधवार विद्यालय समयपछि विद्यालयमा तोडफोड गरिएको हो । विद्यालयका दुईओटा कोठाको ढोका फोडेर तोडफोड गरिएको विद्यालयका शिक्षक डम्मरा बडू जोशीले जानकारी दिनुभयो ।बिहीबार बिहान विद्यालय खोल्ने समयमा विद्यालयमा तोडफोड गरिएको बिषयमा थाहा भएको उहाँले बताउनुभयो। विद्यालयमा कसले तोडफोड गरेको हो भन्ने कुरा खुलेको छैैन् ।

कक्षाकोठाको ढोका फोडेर कोठभित्र रहेका डेस्कबेञ्चमा तोडफोड गरिएको छ भने शैक्षिक सामग्री समेत नष्ट गरिएको शिक्षक जोशीले बताउनुभयो कक्षाकोठाभित्र राखिएका ह्वाइटबोर्ड, चार्ट लगायतका शैक्षिक सामग्रीमा क्षति पुर्याइएको विद्यालयका प्रधानाध्यापक दमनबहादुर बिष्टले बताएका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?