शैल्यशिखरका ४  वडा कार्यालयका भवनहरुको निर्माणकार्य अन्तिम चरणमा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ४ वटा वडा कार्यालयका भवनहरुको निर्माण कार्य अन्तिम चरणमा आइपुगेको छ ।

आर्थिक वर्ष २०८१।८२ मा वडा नम्बर ३, ५, ७ र ८ को नयाँ भवनको लागि केही महिना अगाडी मात्रै निर्माण व्यवसायी संग सम्झैता भएको थियो । जसअनुसार वडा नम्बर ३ को वडा कार्यालयको भवनको काम सम्पन्न भएको र केही दिनमा उद्धघाटन गर्ने तयारी रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ८ को भवनको पनी ९५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ , वडा नम्बर ५ र ७ को पनी काम तिव्र गतिमा भइरहेको र असार मसान्तसम्म भवन हस्तान्तरग गर्ने तयारीका साथ निर्माणकार्य भईरहेको प्रशासकीय अधिकृत बिष्टले बताउनुभयो ।

प्रति भवन साढे ३७ लाख बजेटमा निर्माणको लागि सम्झैता भएको र सोही सम्झौता अनुसार वडा नम्बर ३ को भवनको निर्माणकार्य पुरा भइ केही दिनमै वडालाई हस्तान्तरण सहित उद्धघाटनको तयारीमा रहेको निर्माण कम्पनी दोगडा भुमिराज निर्माण सेवाका प्रतिनिधि नवराज गोयलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?