दार्चुलाको लेकम-५ पोलेखानीका धिरक बोहरा झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ पोलेखानीमा ४२ बर्षीय एक पुरुष मृत फेला परेका छन् ।

आइतबार (आज) विहान सोही ठाउँका ४२ बर्षीय धिरक सिंह बोहरा घरबाट १ सय मिटर टाढाको दुरीमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

विहान बाख्रा गोठाला गएका स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि १० बजेको समयमा प्रहरीलाई खबर गरेको र अहिले इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरीटोली घट्ना स्थलतर्फ गइरहेको इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रहरी नायव निरीक्षक मोतीसिंह बमले बताउनुभयो ।

मृतक बोहरा विहान ५ बजे घरबाट बाहिर आएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?