सुदूरपश्चिम प्रदेश स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

दार्चुला । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाबाट जेठ १९ गते पारित भएको उक्त विधेयकलाई आज प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको हो ।

असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो। तीन दिनसम्मको अध्ययनपछि आज प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिनुभयो ।
लामो समयदेखि प्रतीक्षित यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सङ्घीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापन सम्बन्धी कानुनी खाँचो रहेको भन्दै स्थानीय सेवा गठन सम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो। प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि अब राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि कार्यान्वयन प्रक्रियाले गति लिनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?