दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजार क्षेत्रमा देखिएको दूषित खानेपानी आपूर्तिको समस्या समाधानका लागि सर्वपक्षीय बैठकको निणर्य अनुसार पानीका मुहानहरुको निरीक्षण गरिएको छ।
सदरमुकाम क्षेत्रमा दुषित खानेपानीको आपुर्तिको समस्या समाधानको लागि आईतबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका फिल्ड कार्यालय प्रमुख इन्जिनियर पुरशुराम शाह, जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्ट तथा खानेपानी उपभोक्ता समितिका तर्फबाट प्राविधिक देवकी ठगुन्नाले मुहान शुद्धिकरणका उपायहरुको स्थलगत अनुगन गर्ने निणर्य गरेको थियो ।
सोहि निणर्य अनुसार सोमबार (आज) सदरमुकाम क्षेत्रमा खानेपानी आपुर्ति हुने मुहानहरु तथा खानेपानी ट्याङ्कीहरुको निरीक्षण पश्चात नमुना संकलन गरि परीक्षणको लागि ल्यावमा पठाइएको निरीक्षण टोलीमा सहभागि जिल्ला स्वाथ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो । ‘सदमुकाम क्षेत्रमा पानी आपुर्ति हुने मुहान, ट्याङ्कीहरुको निरीक्षण गरि नमुना संकलन गरि परीक्षणको लागि ल्यावमा पठाएका छौ’, भोली बेलुका सम्म नतिजा आउछ, उहाँले भन्नुभयो ।
हिजो बसेको बैठकले बजार क्षेत्रमा रहेका सबै धाराहरूबाट जिल्ला स्वास्थ्य कार्यालय र महाकाली नगरपालिकाको शाखाले पानीको नमुना सङ्कलन गरी अवस्था विश्लेषण गर्ने गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया