नौगाडमा विपद् व्यवस्थापन समितिका पदाधिकारी र स्वयम् सेवकलाई अभिमुखिकरण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्वयम् सेवकहरुलाई अभिमुखिकरण गराइएको छ ।

नौगाड गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा विपद् व्यवस्थापन समितिका पदाधिकारी र स्वयम् सेवकहरुलाई विपद्मा उद्धार र जोखिम पहिचान गर्ने लगायतका बारेमा प्रशिक्षण गराइएको छ ।

नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशी, प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरी स्थानीय लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?